• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
  • 03:13:34

विदेशी मुद्रा तस्करीको आरोपमा फसे गायक राहत फतेह अली खान

पाकिस्तानी गायक राहत फतेह अली खानमाथि विदेशी मुद्रा तस्करीको आरोप लागेको छ । मामलाको अनुसन्धान गरिरहेको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले उनलाई यसबारे जवाफ दिन आदेश दिएको छ । मामला तीन लाख ४० हजार डलरको अवैध विदेशी मुद्रासँग जोडिएको छ ।

इडी अधिकारीका अनसार यो नोटिस सन् २०११ मा दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा राहतबाट बरामद गरिएको अमेरिकी डलरको मामलामा पठाइएको छ । स्मरण रहोस्, राहतसँग विदेशी मुद्रासँग जोडिएका कुनै पनि दस्तावेज भेटिएको थिएन ।

जारी हुनसक्छ लुक आउट नोटिसः

न्यूज वेबसाइट फर्स्ट पोस्टको खबर अनुसार राहतले तीन लाख ४० हजार डलर (तीन करोड ८५ लाख रुपैयाँ) अवैध तरिकाले कमाएका थिए । यसमा उनले दुई लाख २५ हजार डलरको तस्करी गरे ।

राहतको जवाफबाट अनुसन्धान एजेन्सी सन्तुष्ट नभए उनलाई दुई लाख २५ हजार डलरको तीन सय प्रतिशतको हिसाबले जरिवाना तिर्नुपर्नेछ । र यदि उनी जरिवाना दिन सक्दैनन् भने उनीविरुद्ध लुकआउट नोटिस जारी हुनेछ ।

प्रतिकृया दिनुहोस