• मंगलबार २-८-२०८१/Tuesday 05-21-2024
  • 10:21:01

राज्य संयन्त्रको दुरुपयोग गरी भएको अनियमितता पर्दाफास हुन्छः सभापति शाह

भैरहवा । संघिय सांसदको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएको छ । सभापति शाहंले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाउनु भएको छ । वाईडवडी देखि अहिलेको ओम्नी गु्रप सम्मलाई लेखा समितिले अध्ययन गरेर कारवाहीका लागि प्रक्रिया थाल्न सरकारलाई भनेको शाहले बताउनु भयो ।
वीपी कोईरालाको ३८ औं स्मृति दिवसका अवसरमा वीपी विचार समाजले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सासद  शाहले सरकारले अपराधी बचाउने काम गर्न नहुनेमा जोड दिनुभयो । सासद शाहले राज्य संयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक एक हिसाव जनताका अगाडि सार्वजनिक गर्ने पनि बताउनु भयो ।

वीपी ले परिकल्पना गरेको समाजवाद अहिले पनि व्यवहारमा नआएको भन्दै नेता शाहले दुर दराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनु पर्ने बताउनु भयो ।सो अवसरमा नेपाली काँग्रेसका नेता तथा प्रदेशसभा सदस्य फकरुद्धिन खाँले आफुलाई सार्वहाराको सरकार बताए पनि वर्तमान सरकारले आफु र आफ्ना कार्यकर्ता पोस्ने काम मात्र गरेको बताउनु भयो । जनताको हितमा भन्दै आफ्नो कुर्ची बचाउने खेलमा सरकार लागेको सासद खानंको टिप्पणि गर्नु भएको छ ।
नेपाली काँग्रेसका नेता तथा प्रदेशसभाका उमेदवार विष्णु पोख्रेलले अहिले सरकारले जनस्तरका संस्कृति र सम्बन्ध भत्काउने काम गरेको टिप्पणी गर्नु भयो । उहांले प्रधानमन्त्री जस्तोव्यक्तिले विना अध्ययन लहडमा बोलेर दुई देशका नागरिकहरुका विचमा दुस्मनीको वातावरण निर्माण गरेको आरोप लगाउनु भयो ।कार्यक्रममा वीपी विचार समाज रुपन्देहीका अध्यक्ष शरद भट्टराईले समाजवाद मुखले मात्र भनेर नहुने भन्दै व्यवहारमा समाजवाद लागु गर्न सरकारलाई आग्रह गर्नु भयो ।
समाजका क्षेत्रिय अध्यक्ष अमेरिका कोहारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति मोहमद वकिल मुसलमान, समाजका सल्लाहकार हरि न्यौपाने, सचिव कृष्ण पोख्रेल, जिल्ला सदस्य नविन केसी, तिलोत्तमा अध्यक्ष कल्याण पौडेल,अशोक गोस्वामी लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो । सो अवसरमा समाजले कोरोना संक्रमणवाट बच्नका लागि मास्कको प्रयोग गरौं भन्दै सर्वसाधारण लाई मास्क वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस