मुलुक कोरोना सक्रमण को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सामाजिक दायित्वबाट नपन्छिन रोटरीयनहरुलाई आग्रह,,,,,,,
रोटरी क्लब अफ भैरहवाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष २०१९÷२० का अध्यक्ष मनिष भटटराई ले वर्ष २०२०÷२१ का अध्यक्ष शिवहरि शर्मा लाई पद हस्तान्तरण गर्नु भएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर राजिव पोखरेल को भर्चुअल्ली प्रमुख आतिथ्यता, डिजिएन सन्तोष रिजाल को विशिष्ट आतिथ्यता मा भएको कार्यक्रममा डिष्ट्रिक एसिष्टेन्ट गभर्नर हरि प्रसाद पौडेलले अध्यक्ष शर्मालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो । भने अध्यक्ष शर्माले बोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । वर्ष २०१९। २० का सचिव उमेशचन्द्र आचार्च ले वर्ष २०२०।२१ का सचिव कमल कोइराला लाई माइन्युट हस्तान्तरण गर्नु भयो । त्यसैगरी वर्ष २०१९÷२० का कोषाध्यक्ष अरुण आचार्यले वर्ष २०२०÷२१ का कोषाध्यक्ष सुदर्शन पन्तलाई अडिट रिपोर्ट हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा भर्चुअल संबोधन गर्दै डिष्टिक गभर्नर पोखरेलले समुदायमा रोटरीको उपस्थिती र भूमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लव अफ भैरहवाको वर्तमान नेतृत्वलाई विगतका योजनाहरुलाई निरन्तरता दिंदै अघि बढ्न आग्रह गर्नु भयो ।
मुलुक कोरोना सक्रमण को महामारीबाट गुज्रिरहेको सन्दर्भमा सबै क्षेत्रमा यसको असर परेको उल्लेख गर्दै गर्भनर पोखरेल ले यसैलाई आधार बनाएर सामाजिक दायित्वबाट नपन्छिन रोटरीयनहरुलाई आग्रह गर्नु भयो ।
विशिष्ट अतिथि डिजिएन सन्तोष रिजालले कोरोना सक्रमण सँग डराएर होइन, सतर्क भएर आफ्नो कार्यभारलाई अघि बढाउन आग्रह गर्दै कोरोना सक्रमणको समयमा समुदायमा क्लबको उपस्थिति र भूमिका अतुलनिय रहेको बताउँदै रोटरी क्लब अफ भैरहवा को वर्तमान नेतृत्वलाई विगतका योजनाहरूलाई निरन्तरता दिँदै अघि बढ्न आग्रह गर्नु भयो । .
रोटरी क्लव अफ सेन्ट्रल बुटवलका सस्थापक अध्यक्ष तथा रोटरी क्लब अफ भैरहवा का जिएस आर एजाज आलम ले सामाजिक क्षेत्रमा रोटरीले खेलेको भूमिका प्रभावकारी बनेको उल्लेख गर्दै अवको नेतृत्वले संस्थाको छविलाई अझ उचो बनाउने विश्वास व्यक्त गर्नु भयो ।
रोटरी क्लव अफ भैरहवा का वर्ष २०२०÷२१ का अध्यक्ष शिवहरी शर्माले समाजमा थोरै भएपनि फरक प्रकृतिको सामाजिक हितका कामलाई जोड्ने प्रतिबद्धता जनाउनु भयो । कोरोना भाईरसको प्रतिकुल अवस्थामा आफनो कार्यकाल शुरु भएको भन्दै शर्माले ।स्थानीयको आवश्यकता पहिचान गरी अगाडि बढ्न आफू र आफ्नो टिम प्रयत्नशील रहने भन्दै शिक्षा, स्वास्थ्य , खेलकुद जस्ता क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
रोटरी क्लब अफ भैरहवा का सस्थापक अध्यक्ष तथा रिजन ५ जोन २० का एसिष्टेन्ट गभर्नर राज कुमार गुप्ता ले सबै रोटरीयनहरुले आफ्नो दायित्व र जिम्मेवारी बुझेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । गुप्ताले अब रिजन ५ ले ग्लोबल ग्रान्ड मात्रै होइन अग्रजहरु ले केन्द्रीय नेतृत्व लिन पनि आग्रह गर्नु भयो ।
कार्यक्रममा रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष गौतम भुषाल, पुर्व गभर्नर सल्लाहाकार आरसि आचार्य,रोट््याक्ट क्लब अफ भैरहवा का अध्यक्ष सरिता राना लगायत ले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम सचिव कमल कोईराला को सचालन, प्रेसिडेन्ट इलेक्ट चक्रमणी आचार्य को स्वागत मा सम्पन्न भएको थियो । भने प्रथम उपाध्यक्ष पवन पौडेल ले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।





प्रतिकृया दिनुहोस